भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम

हेटौंडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्लामा भएकोकार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले नेपालमा धेरै ऐन, कानुन र संस्थागत व्यवस्थाको वाबजुत पनि भ्रष्टाचार न्यूनिकरण नभएकोमा चिन्ता व्यक्त गरे । उनले सदाचारयुक्त संस्कारको बिकास भएमा मात्र भ्रष्टाचार कम गर्न सकिने बताए ।

ADVERTISEMENT

कार्यक्रममा सहभागी अतिथिहरु

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहम भूमिका रहेको बताए । उनले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरुले विवेक र विधि समेतलाई ध्यानमा राखि काम गरेमा भ्रष्टाचार न्युनिकरणमा सहयोग पुग्ने धारणा राखे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संवैधानिक अधिकार प्रयोग गर्ने, भ्रष्टाचार निवारणमा सबैको साथ र सहयोग आवश्यक रहेको, अनुसन्धान कार्यमा कागजपत्र, प्रमाणहरु नपठाई असहयोग गर्ने कर्मचारीलाई समेत आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने र भ्रष्टाचारजन्य कार्य गर्ने साना ठूला सार्वजनिक पद धारण गर्ने सबैलाई आयोगले मुद्धा दायर गर्ने बताए ।

ADVERTISEMENT

अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख नरहरि घिमिरेले स्वागत मन्तव्य राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी दिर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उनको भनाई छ ।कार्यक्रममा १६७ जनाको सहभागिता रहेको सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।

ADVERTISEMENT

चितवनको जिल्ला समन्वय समितिको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा चितवनका स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, बिद्यालयका प्रधानध्यापकहरु, प्राचार्यहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya