रक्तदान कार्यक्रममा ३१ जनाले गरे रक्तदान

हेटौंडा, लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन ।लायन्सको नियमित कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला र २७ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक प्रबेश राज बरुवालले जानकारी दिए ।

ADVERTISEMENT

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क्का अध्यक्ष ध्रुबराज ढकालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा इलेक्ट फस्र्ट भाईस डिस्ट्रीक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, पास्ट डिस्ट्रीक्ट गभर्नर शम्भु नकर्मीको विशेष आतिथ्यता रहेको थियो ।

साथै नोमिनेट एरिया चिफ जेपी यादब, नोमिनेट एरिया सेक्रेटरी कबिता श्रेष्ठ, रिजन प्रशन आशिका श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष तथा नोमिनेट जोन चियर प्रसन प्रबिन मैनाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य राजकुमार के.सी. नेपाल समाजबादी पार्टी मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष पत्रकार कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य उज्ज्वल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *