स्वास्थ्य शिविरमा १ सय ६८ जनाको मुटु परिक्षण

हेटौंडा, थाहा नगरपालिकामा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६८ जनाले मुटुको परिक्षण गरेका छन् । ‘मन लगाउ, सवैको मुटु बचाउ’ भन्ने नाराका साथ नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको तथा थाहा नगरपालिका र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सहकारी प्राङगणमा शिविर आयोजना गरेको हो।

ADVERTISEMENT

इसिजी, र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको शिविरमा १ सय ६८ जनाको मुटु परिक्षण गरिएको आयोजकले जनाएको छ। निःशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई औषधि पनि निशुल्क वितरण गरिएको छ। शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज बैद्ध सहितको टोलिले मुटु परिक्षण गरेका थिए।

शिविरमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया सहित टोलिका डाक्टर सुशीला बैद्ध,डाक्टर मेघा जोशी सहितका टोलि र स्थानीय स्वास्थ्यकर्मी हरुको टोलिको सहभागिता रहेको थियो। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख रहेको छ।
धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *