हेटौंडा अस्पताललाई ८८ लाखको सामग्री सहयोग

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरले हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ। अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित रोटरीले विभिन्न आवश्यक सामग्री सहयोग गरेको हो । ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देस्यले विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए । यसमा हेटौंडा उपमहानगरपालिका सहित विभिन्न देशमा रहेका रोटरीयनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इकोकार्डियो मेसिन हस्तान्तरण
गरेको हो । इकोकार्डियोसहित रोटरीले टिएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामग्री
हस्तान्तरण गरेको हो ।

सामग्री सहयोगपछी अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धि उपचार गर्नुपर्ने बिरामीका लागि सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए । हेटौंडा अस्पताललाई अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको छ ।सामग्री हस्तान्तरणको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । अस्पतालको सेवामा थप टेवा पु¥याउने उद्देश्यले सामग्री सहयोग हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कार्कीको भनाई छ ।

ADVERTISEMENT

सहयोग सामग्री अन्तरणमा हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले हेटौंडा अस्पतालको गुणस्तरीय सेवाका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya