हेटौंडा, हेटौंडामा जारी विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधीको लागि आयोजक र पदमपोखरी युनाइटेड भिड्ने भएको छ । विहीबार भएको सेमिफाइनल खेलमा आयोजक विजय यूथ क्लबले चाइना पब्लिक युथ क्लबलाई २–० को गोल अन्तर पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
विजय युथको लागि विदेशी खेलाडी मार्टिन र मुसाले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच एफसी विजय युथका खेलाडी मुसा घोषित भए । पदमपोखरी युनाइटेडले हेटौंडा फुटबल एकेडेमीलाई पराजित गर्दै फाईनल प्रवेश गरिसकेको छ ।
विजय युथ क्लब हेटौडाको आयोजनामा जारी जिल्ला स्तरीय खुल्ला नकआउट प्रतियोगीतामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईलन खेल असार १५ गते शुक्रबार हुनेछ ।
हेटौंडा ५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेता टोलीले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टोलीले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले ५ लाख बराबरको जीवन बीमा, नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन भने प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।







