धारापानीकि सुन्तली लाई ‘हामी छौ’ को साथ

हेटौंडा, देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागमा छायांकन सक्कायर डकुड्रामा ‘हामी छौ’ को टोली पुनःथाहाको शिखरकोट आइपुगेको छ। सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिकामा २ जनालाई छनौट गरेको छ।

ADVERTISEMENT

वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई यस अघि छनौट गरिएकोमा पुनः अर्का एकल दलित महिला धारापानीका सुन्तली बिक लाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो।
डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।

थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोटमा आएर निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको थियो।भने अहिले सुन्तली बिकलाई पनि तेस्तै खाले सहयोग गरेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए। थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पुर्याउदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन।

उनले थाहा नगरपालिकाले आफ्नो योगदानको कदर नगरेपनी आफ्नो मनमा सधै दामन पालुङको सुन्दरतालाई क्यामेरामा कैद गरेर संसारभर लगिरहने बताउनुभयो। उनले थाहामा भएको फिल्म फेस्टिबललाई लक्षित गर्दै भने ू तेत्रो ७ दिन फिल्म फेस्टिभल हुँदा दामन पालुङ लाई चलचित्र छायांकन गर्न लागिरहने हामी जस्ता चलचित्रकर्मीलाई नसम्झदा दुःख लागेको थियोू।
ूतरपनी यो ठाउँको माया लागिरहन्छू तेसैले सात प्रदेशको ७ वटा पिडित छनौट गर्दा पनि मनले नमानेर थाहामा २ जना वास्तविक पिडितको सहयोगको लागि छनौट गरेको बस्नेतले बताउनुभयो।

डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अति बिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पछि पुन थाहाका बिक लाई रोजेका हुन। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya