क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा हेटौंडामा सम्मानित

हेटौंडा, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक एवम् यु-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा बुधबार हेटौंडामा सम्मानित भएका छन् ।

ADVERTISEMENT

रोटरी क्लव अफ हेटौडाले बुधबार एक कार्यक्रमकाबीच नगद १ लाख रुपैयाँ राशिले टमाटालाई सम्मान गरेको हो । मातृभूमिलाई कर्मथलो बनाई नेपाली क्रिकेट खेल र खेलाडीहरुको विकासमा मुख्य प्रशिक्षक भएर नेपाल क्रिकेट खेललाई एकदिवसीय मान्यता दिलाउन र यू १९ क्रिकेट टिमलाई पाँच पटक विश्वकप छनौट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै टमाटालाई बुधबार सम्मान गरेको रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।

टमाटालाई एक लाख राशीको भोकेशनल एक्सिलेन्स अवार्ड पनि प्रदान गरेको छ। रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टमाटालाई सम्मान प्रदान गरेको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा, रोटरी क्लव अफ हेटौंडाका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *