हेटौंडा, मकवानपुरगढी ४ मा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी पाठकले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी स्थानीय सरकारसंग समन्वय गरि आर्थिक क्रान्ति तर्फ काम गर्नु पर्नेमा जोड दिइन् ।साधारणसभामा संस्थाका अध्यक्ष बिडारीले संस्थागत प्रतिवेदन कोषाध्यक्ष चुडा बहादुर बन्जराले आर्थिक प्रतिवेदन र लेखा संयोजक अर्जुनप्रसाद सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा अधिक बाल बचतकर्ता अजय ढुङ्गाना, अधिक मासिक बचतकर्ता गोकुल दाहाल,असली कारोवारी तिलककुमारी घलान, ज्येष्ठ शेयर सदस्य ठमनाथ चौलागाई र २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने समीक्षा फुयाललाई पुरस्कृत गरिएको थियो ।
सभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य यसोदा पराजुली , राष्ट्रिय सहकारी बैक हेटौडा शाखाका विक्रम पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला देवकोटा, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष जानुका दाहाल, कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष विक्रम योन्जन, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, शहिद रुद्र पाख्रिन स्वास्थ्य चौकी प्रमुख लक्ष्मण दाहाल, सल्लाहकार खिल प्रसाद चौलागाई, राजकुमार चौलागाई,उपाध्यक्ष लक्ष्मण भट्टराई , सचिव सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।
८ सय ८९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूजी ४७लाख १३ हजार निक्षेप ४ करोड २४ लाख र ऋण लगानी ४ करोड ६५ लाख रहेको ब्यवस्थापक विमला न्यौपानेले बताईन ।
ADVERTISEMENT