दुध उत्पादक किसानलाई थाहा नगरको प्रोत्साहन अनुदान

राज कुमार के.सी.
हेटौंडा, थाहा नगरपालिकाले ब्यवशायिक रुपमा दुध बिक्री गर्ने कृषकहरुलाई प्रेत्सहान अनुदान बितरण गरेको छ । थाहा नगरपालिकाले समूह, सहकारी, फर्म, डेरी मार्फत दुध बेच्ने कृषकहरुलाई बर्ष भरि बेचेको दुधको परिमाणका आधारमा अनुदान दिन थालेपछि गाई भैंसी पालन गरी दुध बेच्ने कृषकको संख्यामा समेत बृद्धि भएको थाहा नगरपालिका पशु बिकास शाखाका प्राबिधिक रुपेश कुमार मिश्रले बताउनुभयो ।

ADVERTISEMENT

मिश्रले यसबर्ष दूध उत्पादनका आधारमा २ सय ९९ सय जना कृषकलाई ८ लाख ४ हजार ४ सय २२ रुपैयाँ अनुदान उपलब्ध गराइएको बताउनुभयो । उक्त रकम थाहा नगरपालिकामा सञ्चालित एक सहकारी र डेरीहरुमार्फत बितरण गरिएको हो ।
नियमित रुपमा डेरी मार्फत दुध बिक्री गर्ने कृषकहरुले बिक्री गरेको दुधको परिमाणका आधारमा प्राप्त अनुदान रकम बितरण गरिएको नबदुर्गा ट्रेडर्स थाहा ३ द्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तोलाले बताउनुभयो ।

बर्तौलाले कृषक डेरी मार्फत दुध बिक्री गर्ने ३३ जना कृषकहरुले ९१ हजार ६३ लिटर दुध बिक्रीको परिमाणका आधारमा १ लाख ५६ हजार ९ सय ७० रुपैंया बितरण गरिएको बताउनुभयो । त्यस्तै नन्दकिश्वर डेरी प्रा।लि। थाहा ६ मार्फत ८५ जना कृषकहरुले १ लाख ३ हजार ४ सय ५८ लिटर दुध बिक्री गरेबापत बिक्री परिमाणका आधारमा १ लाख ७८ हजार ३ सय ३६ रुपैंया, देबदर्शन निष्ठा डेरी उद्योग थाहा ३ मार्फत १ सय ५३ जना कृषकहरुले २ लाख २६ हजार ४ सय ९२ लिटर दुध बिक्री गरे बापत ३ लाख ९० हजार ४ सय १७ रुपैंया र सुन्तलाबारी कृषि सहकारी संस्था लि. थाहा १२ मार्फत २८ जना कृषकहरुले २७ हजार ५९ लिटर दुध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ रुपैंया बितरण गरिएको थाहा नगरपालिका पशु बिकास शाखाले जनाएको छ ।

ADVERTISEMENT

पशु बिकास शाखाको अनुसार गाईको दुधमा प्रतिलिटर १ रुपैंया ७५ पैसाको दरले र भैसीको दुधमा प्रतिलिटर २ रुपैंया ५० पैसाको दरले प्रोत्साहन अनुदान बितरण गरिएको हो । बिहीबार र शुक्रबार नगरपालिकाको पशु बिकास शाखा मार्फत चालु आर्थिक वर्ष २०७९/०८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान बापतको रकम बितरण गरेको थियो । यसैगरी अनुसार उत्कृष्ट दुग्ध उत्पादन गर्ने तीन जना जना कृषकहरुलाई नगद सहित सम्मानित गरिएको छ।
सम्मानित हुनेहरुमा थाहा २ का माधव कार्की, थाहा १२ का भिम बहादुर गोले र थाहा ६ की पार्वती ढुङ्गाना रहेका छन् ।
त्यस्तै ४ वटा पशुपालन फर्मलाई नगद सहित सम्मानित गरिएको पशु बिकास शाखाका प्रबिधिक रुपेश कुमार मिश्रले बताउनुभयो ।

सम्मानित हुने फर्महरुमा लामिछाने गाई तथा कृषि फार्म, थाहा १, डाँडाघरे बा को कृषि तथा पशुपंछी फार्म, थाहा २, मंजिल कृषि तथा पशुपंछी फार्म, थाहा ३ र पि पि कृषि तथा पशुपालन फार्म, थाहा ६ रहेका छन् । पशुपालनलाई प्रेत्सहान गरी किसान मार्फत दूध संकलन गर्ने चार वटै डेरीलाई पनि प्रोत्साहन बापत नगद सहित सम्मान गरिएको पशु बिकास शाखाले जनाएको छ।
थाहा नगरपालिकाले बिगत चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। थाहा नगरपालिकाको प्रमुख विष्णु बहादुर बिष्टले प्रोत्सहान अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताउनुभयो ।
थाहा नगरपालिकाको दुध र मासुमा आत्मनिर्भर बन्ने नीति अनुरुप गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने कार्यक्रम निरन्तर रहेको नगरप्रमुख बिष्टले बताउनुभयो ।

कृषकहरुलाई उत्पादनमा आधारित रहेर प्रोत्साहन गर्दा कृषकहरुलाई ब्यवशायिक बन्न प्रेरणा मिलेको युवा कृषक माधव कार्कीले बताउनुभयो । कार्कीले अनुदानलाई निरन्तरता दिन र गाई भैसी खरिद गर्नकालागि समेत अनुदान उपलब्ध गराउन सके युवाहरुलाई पशुपालनमा आकर्षित गरी स्वरोजगार सृजना गर्न सकिने बताउनुभयो ।

थाहा नगरपालिकाको बिभिन्न वडाहरुमा समूह, सहकारी, फर्म, डेरी मार्फत दुध बिक्री गर्दा प्रोत्सहान बापत रकम आउन थालेपछि थाहा नगरका कृषकहरु ब्यवशायिक पशुपालन तर्फ आकर्षित हुन थालेका छन् । दुधमा उत्पादनमा आधिरित प्रोत्सहान अनुदान दिएर पशुपालनमा सहयोग गरेकोमा कृषकहरुले नगरपालिकालाई धन्यवाद समेत दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya