पहिलो दिन एकहजार बढीको स्वास्थ्य परीक्षण

हेटौंडा, शुक्रबारबाट हेटौंडामा सुरु भएको दुईदने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एकहजार भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन् ।

ADVERTISEMENT

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमै सञ्चालन भैरहेको दुईदिने शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटुरोगको परीक्षण भैरहेको छ। भोली शनिबार पनि विहानबाटै निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस महाविद्यालयको आयोजनामा र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको हो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya