बागमती प्रदेशमा ४६ प्रतिशत रोपाइँ

हेटौंडा, बागमती प्रदेशमा हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा गरी ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकाश निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ ।

ADVERTISEMENT

प्रदेशमा कुल एकलाख २० हजार ५६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर हालसम्म करिब ५२ हजार ५२९ हेक्टर जमिनमा मात्र रोपाइँ सकिएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । असार २२ गतेसम्मको तथ्यांक अनुसार प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भक्तपुरमा भएको छ । त्यहाँ ८५ प्रतिशत रोपाइँ सकिएको उनले बताए ।

यसैगरी काठमाडौंमा ७५ प्रतिशत, चितवनमा ५०, मकवानपुरमा ३०, नुवाकोटमा ३८, रसुवामा ४६, ललितपुरमा ६९, काभ्रेपलाञ्चोकमा ६९, सिन्धुपाल्चोकमा ५२, रामेछापमा ३०, दोलखामा ५०, सिन्धुलीमा ३३ र धादिङमा सबैभन्दा कम २३ प्रतिशत रोपाइँ सकिएको छ । अघिल्लो वर्ष यो अवधिमा यी जिल्लामा ५० प्रतिशतभन्दा धेरै रोपाइँ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *