हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयले असार २२ र २३ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको आयोजना गर्न लागेको हो ।
शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्क्री, बालरोग, शल्यत्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटुरोगको परीक्षण गरिने म्यानेजमेन्टले जनाएको छ ।
महाविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर हेटौंडामा विभिन्न कार्य गर्दै आइरहेको छ । विशेष गरी खेल क्षेत्रमा महाविद्यालयको योगदान बढी रहेको छ ।







