हेटौंडा, मनहरी गाउँपालिकाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–९ चौधमाइलमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना १ ज ७७०१ नम्बरको म्याजिकले सोही दिशातर्फ जाँदै गरेको ना २८ प १०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडी रहेका दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक चितवनको राप्ति नगरपालिका २ गड्यौली ५५ वर्षका छुमबहादुर उप्रेती र सोही स्थानका ४५ वर्षीयाा अम्बिका उप्रेती घाइते भएका छन् । दुवैजनाको हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । यस्तै मनहरीकै ८ नम्बर वडास्थित सिमपानीमा अटोले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह ४७१ नम्बरको अटोले बा ६९ प ७०४५ नम्बरको स्कुटलरलाई ठक्कर दिँदा स्कुटर मनहरी ८ का ३२ वर्षीय लिलाधर स्याङ्तान घाइते भएका छन् । उनको छातिमा चोट लागेकोले उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।







