४७ लाखको अवैध सुनसहित प्रभु पक्राउ

हेटौंडा, करिब ४७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोष्टमा चेकिङको क्रममा ४८९ ग्राम ३७ मिलीग्राम सुनसहित सोनार पक्राउ परेका हुन् ।

ADVERTISEMENT

काठमाण्डौबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको सुमोबाट उनी पक्राउ परेका हुन् । सोनारले बोकेको झोला खानतलासी को क्रममा भन्सार छली चोरीपैठारी गरी ल्याएको अवस्थाको सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

सुनको बजार मुल्य ४७ लाख ३६ हजार ७५९ रुपैयाँ रहेको बताइएको छ । यद्यपी प्रहरीले भने बरामद गरिएको सामानलाई सुन जस्तो देखिने पहेंलो धातु भनेको छ । सुनसहित पक्राउ परेका प्रभु साह सोनारलाई आवश्यक कारवाही एवम् अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको डीएसपी कार्कीले जानकारी दिए । मकवानपुर प्रहरीले अवैध सुनसहित तस्कारलाई नियन्त्रणमा लिने क्रम बढेको छ ।अघिल्लो हप्ता पनि प्रहरीले सुनसहित एकजनालाई पक्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *