बागमती प्रदेशमा २९५ शिक्षकको बढुवा

सुजन ढकाल

ADVERTISEMENT

हेटौंडा, बागमती प्रदेशमा २९५ जना शिक्षकको बढुवा भएको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय र शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ।

कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेशका १३ जिल्लाका शिक्षकको बढुवा गरेको हो । बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरूको बढुवा गरी नामावली प्रकाशन गरेको आयोगले जनाएको छ । बढुवा हुनेमा सबैभन्दा बढी सिन्धुली जिल्लाका रहेका छन् भने कम रसुवा र भक्तपुर जिल्लाको रहेको छ ।

ADVERTISEMENT

शिक्षक बढुवा हुनेमा सिन्धुली जिल्लाका ५४ जना, दोलखाका ४६, नुवाकोटका ३९ जना, रामेछापका ३८, सिन्धुपाल्चोकका ३०, चितवनका १७ जना रहेका छन् । यसैगरी धादिङ, काठमाडौं र मकवानपुरका समान १६ जना, काभ्रेपलाञ्चोकका ९ जना, रसुवा र भक्तपुरका ४ जना तथा ललितपुरका ६ जना शिक्षक रहेका छन् । बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वयम् उपस्थित भई निर्देशनालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख गरेको छ।

मकवानपुरका १६ को बढुवा

मकवानपुर जिल्लामा १६ जना शिक्षक प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा भएका छन् । शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय हेटौंडाले प्राथमिक तह द्वितीय श्रेणीका शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा गरेको हो ।

बढुवा हुनेमा धरणीधर पौडेल, राजकुमार न्यौपाने, लक्ष्मीकुमारी अधिकारी, खगिन्द्रकुमारी शर्मा, शान्ति थापा कार्की, शोभा पाठक, रेखा अधिकारी, इन्दिराकुमारी लुईटेल रहेका छन् । यस्तै रामभक्ति कालाखेती, मेनका भण्डारी, ताराकुमारी अर्याल, केशवप्रसाद देवकोटा, महेन्द्र तामाङ, सरोजप्रसाद गौतम, विष्णुप्रसाद आचार्य र निरुकुमारी उप्रेती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *