सिमित सिटमा टेक्निकल इन्ष्टिच्यूटमा भर्ना खुल्यो

हेटौंडा, सिटिभिटीबाट मान्यता प्राप्त मकवानपुर टेक्निकल इन्ष्टिच्युटले शैक्षिक सत्र २०८०/०८१ को लागि सीमित सिटमा भर्ना खुलेको छ । तीन वर्षे प्रमाणपत्र तहको लागि हेल्थ एसिस्टेन्टमा ४० जना, ल्याब टेक्निसियनमा ३० जना र रेडियोग्राफीमा ३० जनाको सिट संख्या रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्यूटका प्रिन्सिपल अमिस सुवेदीले जानकारी दिए ।

ADVERTISEMENT

‘हेल्थ एसिस्टेनमा कक्षा सञ्चालन गर्दै आइरहेको इन्ष्टिच्युटले गतवर्षबाट ल्याब टेक्निसियमन र रेडियोग्राफीको लागि सिटिभीटी बाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेका हौँ ।’ उनले भने –‘गतवर्ष इन्ष्टिच्युटले ९९ प्रतिशत नतिजा ल्याउनमा सफल भएका छौँ ।

इन्ष्टिच्यूटमा पढी उत्कृष्ट नतिजा ल्याई मकवानपुरलगायत छिमेकी जिल्लाको विभिन्न संघसंस्थामा रोजगारी हासिल गर्न सफल भएका छन् । हाम्रो मुख्य लक्ष्य भनेको टेक्निकल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’

तीन वर्षे संकायको लागि भर्नाको फाराम बुझाउने अन्तिम मिति साउन १२ गते रहेको छ भने प्रवेश परिक्षा साउन २४ गते सञ्चालन हुने इन्ष्टिच्युटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya