थाहा नगरमा सौन्दर्य प्रतियोगिताको हुने

हेटौंडा, थाहा नगरपालिकामा पहिलोपटक सौर्न्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। थाहामा १४ देखी २४ वर्ष उमेर सम्मका युवा तथा यूवतीहरुको आन्तरिक कला प्रस्फुटन गराउने प्रतियोगिता हुने भएको हो ।

ADVERTISEMENT

थ्री ब्रदर्स फोटोग्राफीले आयोजना गर्ने प्रथम थाहा मोडल राइजिङ अफ द इएर २०२३ को लागि आवेदन खुल्ला गरेको आयोजककि कृपा गोपालीले जानकारी दिएकी छिन। आयोजीत मिस्टर एण्ड मिसेस थाहा प्रतियोगितामा नगरभित्रका युवा र युवतीहरुले सहभागीता जनाउन सकिने इभेन्ट म्यानेजर अस्मिता तामाङले बताइन।

प्रतियोगिताको मुख्य व्यवस्थापकको जिम्मा पाएकी कृपा गोपालीका अनुसार इच्छुकहरुकालागि फारम खुल्ला गराइसकिएको छ । यसको अडिसन भदौ बाट सुरु हुने छ । फारमको लागि थाना बजार प्रेटोल पम्प अगाडि रहेको होटल कृपा अथवा फोन न ९८०३१८५८१८ र ९७४२४६३४१२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *