हेटौंडा, साहित्य सङ्गम मकवानपुरले ७ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । आगामी चैत १० गते एक कार्यक्रमका बीच ७ जना स्रष्टालाई सम्मान गर्न लागेको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाले जानकारी दिए । सङ्गमले नगद १५ हजार ५५५ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईँलाई प्रदान गर्न लागेको छ । शर्मा हास्य तथा अन्य टेलिश्रृङ्ख्लामा अभिनयमा सक्रिय छन् ।
१५ हजार ५५५ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काÇलेलाई प्रदान गरिने भएको छ । उक्त सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । नगद १० हजार राशिको ‘विनोद–सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डेलाई प्रदान गर्ने भएको छ । सो सम्मान साहित्यसेवी तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदी दम्पत्तिले स्थापना गरेका हुन् ।
नगद १० हजार राशिको ‘सुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेललाई प्रदान गर्ने भएको छ । उक्त सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । नगद १० हजार राशिको ‘म·लादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटालाई प्रदान गर्ने भएको छ । उक्त सम्मान हेटौँडाका देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।
नगद १० हजार राशिको ‘मुक्ति–तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा, नगद १० हजार राशिको ‘रामहरि–देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेललाई प्रदान गर्ने भएको छ ।
२५ हजार राशिको निबन्ध पुरस्कार घोषणाः साहित्य स·म मकवानपुरका संस्थापकहरूमध्येका एक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकोले सर्वोत्कृष्ट कृति छनौटका लागि दर्ता आह्वान गरिएको छ । सोका लागि वर्ष २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनुपर्नेछ भने कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने संस्थाका अध्यक्ष बर्तौलाले जानकारी दिए । यसका साथै २५ हजार १ रुपैयाँ राशिको सो सम्मान कृति यही चैत्र २० गतेभित्र छनोट समितिसमक्ष पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
ADVERTISEMENT