अभिनेता नीर शाह हेटौँडामा

हेटौँडा, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार ग्रहण गर्न गीतकार तथा वरिष्ठ अभिनेता नीर शाह हेटौँडा आइपुगेका छन् । शाहलाई प्रतिष्ठानले मंगलबार १६ औँ संस्करणको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ बाट पुरस्कृत गर्दैछ ।

ADVERTISEMENT

सोमबार हेटौँडा आइपुगेका शाहलाई प्रतिष्ठानले होटल एभोकाडोमा पन्चेबाजासहित स्वागत गरेको थियो । शाहसँगै वरिष्ठ साहित्यकार नगेन्द्र थापा पनि हेटौँडा आइपुगेका छन् । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ, पूर्व अध्यक्ष उज्वल शर्मा भन्डारी, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठ लगायतले शाह र थापालाई स्वागत गरेको हो । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा वि. सं. २०६४ सालमा सो पुरस्कार स्थापना गरेका हुन् ।

स्वदेश तथा विदेशमा रहेर नेपाली गीतसङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभन्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, डा. किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् । स्थापना कालमा ५० हजार रहेको सो पुरस्कारको राशी २०६७ सालदेखि एक लाख पुर्याइएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *