शनिबार हेटौंडामा विरोध प्रदर्शन

हेटौंडा, हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनीहरुले शनिबार हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका छन् । हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनीहरुले विरोध प्रदर्शन गरेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन गरिएको हो ।

ADVERTISEMENT

विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष, घरधनी र हेटौंडा बसोबास संरक्षण समितिका पदाधिकारीले विरोधसभामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न चेतावनी दिएका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवी श्रेष्ठ, मउवा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, मकवानपुरका विभिन्न दलका प्रमुखहरु, वस्तुगत विभिन्न व्यवसायी संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

विरोध सभामा सहभागीले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन् । यता डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ। यसकालागि जेसिवी,डोजर र अन्य हेवी उपकरण तयारी अवस्थामा रहेको डिभिजन सडक कार्यालयका प्रमुख राजेश यादवले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *