हेटौडा, राजनीतिमा विविधता भएतापनि विकासमा एकता हुनु पर्नेमा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्र बहादुर बानियाले जोड दिएका छन । आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले यस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिएका थिए ।
नेता बानियाँले भने समाजमा धेरै थरीका मानिसहरु बस्ने भएकाले सबैको सुझाव र सल्लाह लिई यस पार्कलाई आयआर्जनको रुपमा समेत विकास गर्नु पर्छ । पार्कको विकासमा आफूले सदैव सहयोग गर्ने र सामाजिक अगुवाहरुले चिन्ता हुदैन । कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक., निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशन कुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, समूहका उपाध्यक्ष केशव धिताल, वन समूहका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आयब्यय विवरण पेश गर्नुको साथै पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधीको बारेमा जानकारी गराएका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका अवलोकनकर्ताहरुलाई अबलोकनको लागि उपयुक्त स्थान बनाउने उद्धेश्यका साथ पार्क निर्माण गरिएको हो । यस पार्क भित्र गोलघर, कार्यालय भवन, किरातेश्वर महादेवको मन्दिर, टीकटक गेट, शौचालय निर्माण भैसकेका छन भने विपी, गणेशमान, मनमोहन, पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल लगायतका कार्यहरु गरिने पार्क समितिले जनाएको छ ।






