हेटौंडा– दुई साता देखि डिभिजन सडक कार्यालयको गेटमा धर्नामा रहेका हेटौंडा ८ का एक परिवारले सडक भत्काउन काम अघि नबढे सामुहीक आत्मदाह गर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई ज्ञापन बुझाएका छन् ।
लामो समय देखि चर्चामा रहँदै रोकिदै आएको पुर्व पश्चिम राजमार्गका कारण हेटौंडा बजार क्षेत्रको सडकमा दुर्घटनाका घटना बढ्दै गएको र बजारको स्वरुप बिग्रिएको भन्दै उनिहरुले सडब बिस्तार रोक्न बाघक नबन्न माग ज्ञापन पत्र बुझाएका हुन् ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नबाट पछि हट्न नहुने माग राख्दै साउन १ गतेबाट ७३ वर्षीय मानबहादुर तामाङ सहित उनका ३४ बर्षिय छोरा राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बस्दै आएका छन् ।
दुई साता देखि अनसरमा रहेका उनिहरुले सडक बिस्तारको पक्षमा रहन माग गर्दै नगर प्रमुख लामालाई हस्तलिखित ज्ञापन पत्र बुझाएका हुन् । विकासप्रेमी अभियान्ताको रुपमा पत्र बुझाउनका लागि धर्ना बसेका बाबु छोराको साथमा हेटौंडा–८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागि थिए ।
एसियन हाईवेको रुपमा रहेका राजमार्ग बिस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको भन्दै सडक विस्तारले समग्र देशको विकासमा मद्दत गर्ने भन्दै यसलाई रोक्न नहुँने बताएका छन् । उनले अनसनमा बस्नुको कुनै स्वार्थ नभएको भन्द हेटौंडालाई सुन्दर बनाउने तर्फ हाम्रो ध्यान रहेको भन्दै नगर प्रमुखले यसमा साथ दिन आग्रह गरे । बर्षौदेखिको सडक फराकिलो बनाउने कार्य बिभिन्न बहानामा पूरा नभकाले यसलाई अब रोक्न नहुने उनिहरुले ज्ञापत्र पत्र बुझाउँदै बताए ।
सडक डिभिजन कार्यालयमा मार्फत सडकका घर टहरा हटाउँन जारी भएको सुचनाको समय १५ गते सकिने अवधि सम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण बस्ने ज्ञापन पत्रमा उल्लेख छ । अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय हटेमा कुनै पनि बेला सामुहिक आत्मादाह गर्नबाट पछि नहट्ने पत्रमा उल्लेख छ ।
डभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५÷२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।






