लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले ५२४ थान अवैध लागूऔषध डाइजेपामसहित दुईजनालाई पक्रेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८९३७ नम्बरको बस चेकिङको क्रममा उनीहरुको साथबाट ५२४ थान डाइजेपाम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शंकाको आधारमा खानतलासीको क्रममा उनीहरुले बोकेको झोलाबाट लागूऔषध डाइजेपाम १९९ एम्पुल, फेनार्गन १९५ एम्पुल र बुप्रिनुर्फिन १९० एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरु दुवैजनालाई प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *