हेटौंडा, मकवानपुर ग्यास व्यवसायी संघले मंगलबार नयाँ वर्ष २०८१ सालको भित्रे पात्रो विमोचन गर्नुका साथै शुभकामना आदानप्रदान गरेको छ ।

मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष केशव मुडभरीको अध्यक्षतामा भएको कार्यक्रममा ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुर ग्यास व्यवसायी संघका उपाध्यक्ष नवीन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, राजु अधिकारी, होटल एशोसियसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी, साहारा ग्याँस इण्डष्ट्रिजका प्रबन्धक खड्ग थापा, डिलर एशोसियसन मकवानपुरका अध्यक्ष अमित श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







