लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने

हेटौंडा, बागमती प्रदेश सरकारले लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले ५ करोड २५ लाख रुपैयाँ खर्च गरेर लोपोन्मुख समुदायको स्वास्थ्य बीमा गर्न लागेको हो।

ADVERTISEMENT

प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पछाडी पारिएका समुदायहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिन लागेको मन्त्रालयको दाबी छ।

स्वाथ्य मन्त्रालयले चालु आर्थिक वर्षमा सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गतामा क र ख वर्ग भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा वापतको प्रिमियम तिरिदिन लागेको हो।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका १३ वटै जिल्लाका ११९ वटै स्थानीय तहका प्रत्येक वडाबाट नै तोकिएका व्यक्तिहरुको पहिचान गरेर स्वास्थ्य बीमा वापतको प्रिमियम रकम तिर्नेगरी तयारी गरिएको मन्त्रालयका प्रवक्ता दिपक प्रसाद तिवारीले जानकारी दिए।

बितेको आर्थिक वर्षमा यस कार्यक्रम अन्तगत आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको र यो आर्थिक वर्षमा भने बीमा बोर्ड मार्फत प्रत्येक वडासम्म पुग्ने तयारी भएको तिवारीको भनाइ छ।

Advertisement 5

‘स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महंगो रकम तिर्नुपर्ने, पैसा अभावकै कारण उपचार पाउन समस्या हुने भएकाले प्रदेश सरकारले लक्षित वर्गलाई तोकेर बीमा गरिदिन लागेको हो,’ उनले भने।

बीमा गरेका बिरामीहरु सरकारले तोकिएका सरकारी तथा निजी अस्पतालमा निशुल्क रुपमा उपचार र औषधि प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *