सन्देशको नेतृत्वमा नेपाल मगर संघ

हेटौंडा, २८ साउन/नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित भएका छन् । तुम्सिङमगरको अध्यक्षतामा १६ सदस्यीय कमिटी चयन भएको हो ।

त्यसैगरी उपाध्यक्षमा उर्मिला राना मगर, सचिवमा महेन्द्र राना मगर, सहसचिवमा भूपेद्र राना र कोषाध्यक्षमा डेमिज थापा मगर मगर चयन भएको हो । संघको विधान अनुसार २५ सदस्यीय समिति हुनेछन् । बाँकी सदस्यहरु मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष तुम्सिङले बताएका छन् ।

समितिको उपाध्यक्ष, सचिव र सहसचिव पदको लागि निर्वाचन भएको थियो । मतदाता संख्या ४५ रहेता पनि निर्वाचनमा ३३ मत खसेको थियो । उपाध्यक्षमा उर्मिला रानाको २१ भोट प्राप्त गरि विजयी भएकी थिइन् प्रतिद्वन्द्वी होमबहादुर थापाले ४ र आशिष अस्लामी मगरले ८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिव पदको उम्मेदवारमा महेन्द्र रानामगरले १३ भोट प्राप्त गरि विजयी भए भने प्रतिद्वन्द्वी सन्तोष रानामगरले १२ र अशोक ग्यालनमगरले ५ मत प्राप्त गरेका थिए । त्यसै गरि सह सचिवमा भुपेन्द्र रानामगरले १९ मत प्राप्त गरेको थियो भने प्रतिद्वन्द्वी मनोज पुलामीमगरले ११ मत प्राप्त गरेका थिए ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button