फोनिज मकवानपुरको स्थापना दिवस

हेटौंडा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको स्थापना दिवस मनाएको छ ।

ADVERTISEMENT

बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक सिमाचोकबाट उद्योग वाणिज्य संघ मकवानपुरसम्म प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको २४औँ स्थापना दिवस मनाएको हो ।

“पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार” भन्दै हेटौंडामा स्थापना दिवस मनाएको हो । फोनिज मकवानपुर शाखाका अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम भएको हो । उनले श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले सरोकार निकाय समक्ष आवाज उठाउन भूमिका खेल्ने बताए । फोनिजका केन्द्रीय प्रतिनिधि सुवर्णलाल श्रेष्ठले फोनिजको वृद्विविकासको लागि सबै आदिवासी पत्रकारहरुको सक्रिय सहभागी हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya