हेटौंडा, विभिन्न लायन्स क्लवहरुको संयुक्त आयोजनामा सोमबार भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । हरेक वर्ष कार्यकालको पहिलो दिन अर्थात जुलाई १ मा मुक्तिनाथ क्लवले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका वर्ष २०२४/२५ का अध्यक्ष अशोक सिंहको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रक ३२५ एस नेपाल वर्ष २०२४÷२५ का डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ विकेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लियो क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष अस्मित घिमिरे, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनका अध्यक्ष प्रनिश श्रेष्ठ, लियो क्लव अफ हेटौंडा मुक्तिनाथ प्यारेडाइजका अध्यक्ष प्रतिक्षा ओझालगायतको आतिथ्यता रहेको थियो ।







