मिराको नेतृत्वमा पशुपति टोल विकास संस्था

हेटौंडा, हेटौंडा ९ मा रहेको पशुपति टोल विकास संस्थाको अध्यक्षमा मिरा श्रेष्ठ चयन भएकी छिन् । शुक्रबार भएको टोल विकास संस्थाको १७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट मिराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

संस्थाको उपाध्यक्षमा सबिता श्रेष्ठ, सचिवमा धनलक्ष्मी श्रेष्ठ, सहसचिवमा श्याम लामा र कोषाध्यक्षमा रमा भुजु भयन भएका छन्। यसैगरी सदस्यमा सपना लामा, शान्ति श्रेष्ठ, दिपक राउत, सबु लामा, केशरी श्रेष्ठ र संगीता मानन्धर चयन भएका छन् । पशुपति टोल विकास संस्थाका अध्यक्ष सति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडा अध्यक्ष सुकराम के.सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका केसीले १९ वडा मध्ये ९ नम्वर वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताए ।

दशैलगत्तै ९ नम्वर वडाले वडामा स्वास्थ्य बिमा सञ्चालन गर्ने र प्रगति माध्यमिक विद्यालयको १० कोठे भवन व्यापारीक कम्प्लेक्स बनाउने उनले बताए । कार्यक्रममा जेष्ठ सदस्य कान्छीमाया गुरुङ, पदमबहादुर राई, इन्द्रकृष्ण श्रेष्ठ, टिकामाया न्यौपाने, फूलमाया तामाङ र नन्दलाल जोशीलाई सम्मान गरेको थियो । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ का वडाध्यक्ष रमिला सापकोटाले टोल विकास संस्था सफल भएमा मात्र वडा सफल हुने तर्क प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ टोल विकास नगर समन्वय समिति हेटौंडाका महासचिव शिवहरी दाहाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *