महोत्सवको बचत आम्दानी साढे ७ लाख

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आम्दानी साढे ७ लाख रुपैयाँ रहेको जनाएको छ ।

ADVERTISEMENT

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संघले आयोजना गरेको १० औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाको बचत आम्दानी ७ लाख ५० हजार ८ सय रुपैयाँ रहेको जनाएको हो । २०७९ माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडा–१० टिसिएन चौरमा भएको महोत्सवको कुल आम्दानी १ करोड एक्काइस लाख उनानचास हजार पाँच सय छैहत्तर रुपैयाँ रहेको र खर्च एक करोड तेह्र लाख अन्ठानब्बे हजार सात सय छैहत्तर रुपैयाँ रहेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए ।

माघ महिनामा सम्पन्न भएको महोत्सवको हरहिसावको विवरण संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *