हेटौंडा, नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई कार्यसमितिको पहिलो बसेको छ । शनिबार महत्त्वपूर्ण प्रस्ताव माथी छलफल गर्दै इकाईको बैठक बसेको हो ।
बैठकले ४ वटा महत्वपूर्ण प्रस्ताव माथी छलफल गरेको नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिती संयोजक भुवन घलानले जानकारी दिए। बैठकले सल्लाहकारमा राकेश महर्जन, सह-सचीवमा प्रवेश प्याकुरेल र सदस्यमा गजेन्द्र पाख्रीन र आतिश यादवलाई मनोनीत गर्ने निर्णय गरेको संयोजक घलानले बताए।
नेविसंघ मकवानपुर जिल्ला सचीव सुनिल बोम्जनको प्रमुख आतिथ्यता रहेको बैठकमा नेविसंघ जिल्ला सदस्यद्वय बुद्धराज सिन्तान र नवराज मुक्तान लगायतको उपस्थिति थियो। नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति वरिष्ठ उपाध्यक्ष बिनोद थिङ (दिपक)को अध्यक्षतामा बैठक सम्पन्न भयो ।







