हेटौंडा, १६ वर्ष उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका तीन खेलाडी समावेश भएका छन्। बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीमध्येबाट सोमबार एन्फाले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । प्रशिक्षक रविन्द्र सिलाकरले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा हेटौंडा–२ का विशेष बानियाँ, हेटौंडा–१० का भुवन कामी र हेटौंडा–१९ का सन्तोष गोङ्बा अटाएका हुन् ।
एन्फाको युथ परियोजनाअन्तर्गत ए डिभिजन क्बलको युथ एकेडेमीमा आवद्ध भएका मकवानपुरका गोलरक्षक विशेष, फरवार्ड सन्तोष र डिफेन्डर भुवन टोलीमा पर्न सफल भएका हुन् । विशेष र सन्तोष ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा र भुवन विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध छन् ।
विशेष बानियाँ (गोलरक्षक)
हेटौडा–२ वनस्खण्डी घर भएका बानियाँ विगत तीन वर्ष देखी एन्फाको युथ परियोजना अन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेको खेलाडी हुन । उनी ल्याबोरेटरी स्कुलमा कक्षा १० मा अध्ययन गर्छन । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिताहरु सैनीक कप, आईजिपि कप लगाएतको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेर आफुलाई प्रमाणित गरिसकेका छन । खेल जीवनको चौथो प्रतियोगिता खेल्दा खेल्दै उनी युथ–१६को लागी छनौट भएका हुन् ।
सन्तोष गोङ्वा (फरवार्ड)
हेटौडा–१९ घर भएका सन्तोष निकैनै मेहेनती खेलाडी हुन । उनी शिक्षा विकास शिशु सदनमा कक्षा १० मा अध्ययन गर्छन । स्थानीय प्रतियोगितामा आफुलाई प्रमाणित गरेका सन्तोष न्युरोड टिम एनआरटिमा खुल्ला छनौट मार्फत आवद्घ भएका हुन । लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको युथ–१६ टिमलाई एनआरटी ले ५–१ गोल अन्तरले बिजयी भएको जसमा पाँचै गोल सन्तोषले गरेका थिए र उनी म्यान अफ द म्याच समेत हुन सफल खेलाडी हुन् । उनी लिगको पहिलो ह्याट्रिक गर्ने खेलाडी मात्र नभई जारी युथ–१६ लिगको टप स्कोरर समेत हुन ।
भुवन कामी (डिफेन्डर)
सात वर्षको उमेरमा बिजुलीको ट्रान्सफर्मरमा परेर दोस्रो जीवन पाएका भुवनको बाल्यकालदुखै दुखमा बितेको छ । हेटौडा–१० भुटनदेवी रोड बस्ने भुवन पनि विगत तीन वर्ष देखी एन्फाको युथ परियोजना अन्तर्गत त्रिभुवन आर्मी युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेको खेलाडी हुन् । उनी सैनिक स्कुलमा कक्षा ८मा अध्ययन गर्छन । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिता सैनीक कपका इर्मजिङ खेलाडीको उपाधी जितेका थिए ।