हेटौंडाको १२ वटा विद्यालयमा सचेतना कार्यक्रम

हेटौंडा, मकवानपुर रिकभरिङ समूहले हेटौंडा उपमहानगरपालिकामा रहेको १२ वटा विद्यालयका विद्यार्थीहरुलाई लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आठ वटा विद्यालय, हेटौंडा १६ नम्वर वडाको सहयोगमा २ वटा र हेटौंडा १७ नम्वर वडाको सहयोगमा २ वटा विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्यले जानकारी दिए ।

मकवानपुर जिल्लाको विभिन्न विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको समूहले अहिले निर्वाचित जनप्रतिनिधिहरूलाई समेत राखेर सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन तथा एचआईभि एड्स विरुद्ध जानकारी गराउने उद्देश्यले मकवानपुर रिभरिङ समूहले बुधबार हेटौंडा–१६ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।

हेटौंडा १६ का वडा सदस्य संगीता बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यार्थीहरुलाई लागूऔषध दुव्यर्सनमा फस्नबाट रोक्दै लागूऔषधरहित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको शाक्यले बताए । मकवानपुरमा रहेका गाउँपालिकासँग पनि समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए । रिकभरिङ नेपाल तथा राष्ट्रिय टिबी नेटवर्क नेपालको समन्वयमा कार्यक्रम भएको हो । मकवानपुर रिकभरिङ समूहले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम गरी शिक्षक, विद्यार्थी, अभिभावकलाई लागूऔषधविरुद्ध सचेतना कार्यक्रम विगत ९ वर्ष देखिबाट नै सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button