हेटौंडा, गत वर्षकाे विजेता मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई हराउँदै उपाधि चुमेको छ ।
आज भएको फाइनल खेलमा आयोजकलाई २५-२७, २५-२३,२५-२० र १५-१० को सेटले पराजित गर्दै मंगलेश्वरले उपाधी चुमेको हो । प्रतियोगितामा पहिलो सेट २५-२७ ले गुमाएको मंगलेश्वरले दाेश्रो, तेस्रो र चौथो खेलमा कम ब्याक हुँदै सातौ संस्करणकाे उपाधि चुमेकाे हाे ।
उपाधी संगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँ तृतीय भएको ससक्त युवा क्लवले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी हुँदा उत्कृष्ट बेष्ट ब्लकर सुजल कार्की,उत्कृष्ट लिबेरो सुजल कपाली,उत्कृष्ट स्पाइकर रमेश तामाङ र उत्कृष्ट सेटर उत्सव आले मगर तथा उत्कृष्ट नव प्रतिभा खेलाडी किशन थापा हुन सफल रहे भने उत्कृष्ट कोच योग बहादुर सिन्तान हुन सफल रहे उत्कृष्ट खेलाडी हरुलाइ नगदसहित मेडल प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट,वडा न २ का बम बहादुर सिङतान,३ का हिरेन्द्र रायमाझी,नेकपा एमालेका पुर्व नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ,एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने,पालुङ जेसिजका अध्यक्ष निरज प्रधान ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझी प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत ,विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो।







