किसानलाई कृषि उपकरण हस्तान्तरण

हेटौंडा, हेटौंडाको ३ नम्बर वडा कार्यालयले वडाभित्र रहेका कृषक समूहलाई व्यवसायिक कृषि कर्ममा सघाउ पु¥याउने उद्देश्यसहित उपकरणहरु सहयोग गरेको छ । कार्यालयले वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उक्त कृषि उपकरण हस्तान्तरण गरेका हुन् । मेसिन हस्तान्तरण गर्दै मेयर लामाले उपकरणको प्रयोगबाट निर्वाहमुखीलाई छोडेर व्यवसायिक खेती तर्फ लाग्न अनुरोध गरिन् । उपमहानगरपालिकाले किसानका लागि विभिन्न चरणमा लगानी गरिरहेको जानकारी दिँदै व्यवसायिक कृषिका लागि समूह बनाएर काम गरे आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताइन् ।

वडा कार्यालयको बजेटबाट खरिद गरिएको हाते ट्रयाक्टरको प्रतिगोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपैयाँ परेको वडा सचिव महेन्द्र चापागाईले जानकारी दिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापा, टोल विकास संस्था वडा समन्वय समिति संयोजक रोशन गोले र वडामा गठन गरिएको ५ वटा कृषक समूहका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya