मकवानपुरको शिवालय बिल्डर्स सहित १३ वटा कम्पनी कालोसूचीमा


हेटौंडा, सरकारले शिवालय बिल्डर्स प्रालि मकवानपुरलाई कालो सुचिमा राखेको छ । औद्योगिक व्यवस्थापन लिमिटेड र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय पशुपतिनगरले पठाएको पत्र अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सुचिमा राखेको हो ।

ADVERTISEMENT

कार्यालयले आज निकालेको सार्वजनिक सूचना अनुसार शिवालय बिल्डर्स प्रालिलाई दुई बर्षको अवधिका लागि कालो सुचिमा राखेको छ । कालो सूचीमा परेको शिवालय बिल्डर्सले भदौ १९ गतेदेखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको सुचनामा शिवालय बिल्डर्स सहित १३ कम्पनी कालो सुचिमा छन् । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya