जबर्जस्ती करणी आरोपमा डाक्टर राई पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बाट एकजना डाक्टरलाई पक्राउ गरेको छ।

ADVERTISEMENT

प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डाक्टर वसिम राईलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

डाक्टर राईले भदौ १८ गते राति साढे १२ बजेको समयमा ३१ वर्षीया महिलालाई आफ्नै कोठामा जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।

ती महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर डाक्टर राईविरुद्ध दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी रिजालले बताए। एसपी रिजालका अनुसार पक्राउ परेका राईलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *