तेक्वान्दो प्रतियोगितामा जनज्योति प्रथम

हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिले आयोजना गरेको १६ औँ जिल्ला स्तरीय प्रतियोगितामा जनज्योति तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ । मकवानपुरमा रहेका २२ वटा डोजाङ्गले सहभागीता जनाएको प्रतियोगितामा कर्रा तेक्वान्दो डोजाङ्ग द्वितीय र मकवानपुर तेक्वान्दो डोजाङ्ग तृतीय हुन सफल भए ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय भएका टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बेष्ट खेलाडी महिला जुनियरतर्फ ०–२० केजी तौल समूहमा नामटार तेक्वान्दो डोजाङ्गकी सन्चिता घिमिरे, महिला सिनियरतर्फ ४०–४५ केजी तौल समूहमा जनज्योति तेक्वान्दो डोजाङ्गकी सृजना कुवर, पुरुष जुनियरतर्फ ३२–३६ केजी समूहमा इन्द्रसरोवर तेक्वान्दो डोजाङ्गका पेम्बा लामा, पुरुष सिनियरतर्फ ५८–६२ केजी तौल समूहमा कर्रा डोजाङ्गका अमन माझी घोषित भए । हेटौंडाको कर्भडहलमा भएको प्रतियोगिता दुईदिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष र महिला खेलाडीले विभिन्न विधागत ११ वटा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेकी लामाले एक उत्कृष्ट खेलाडीलाई एक वर्षको छात्रवृत्ति उपलब्ध गराइदिने घोषणा गरेकी थिइन् । कार्यसमितिलाई ५ लाख बराबरको सामान मेयर लामाले हस्तान्तरण गरेकी थिइन् ।

ADVERTISEMENT

प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश भएकोले गर्दा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको समितिका अध्यक्ष बज्राचार्यले बताए । ‘पीएसएस’ अत्याधुनिक सिस्टमबाट खेल खेलाएको बज्राचार्यले बताए । आयोजकले खेलाडीलाई निःशुल्क खाना र बस्नको पनि व्यवस्था गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya