घरेलु तथा कृषि उपज प्रदर्शनी

हेटौंडा, जालपा देवी महिला उद्यमी केन्द्रको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जालपा देवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

जाल्पा देवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको कार्यक्रममा १७ स्टल राखिएको थियो । अम्बा, ड्राइगन फ्रुटस्, केरा, बासबाट बनेको सामान,हस्तकला लगायत विभिन्न सामानहरु राखिएको थियो । घरेलु तथा कृषि उपज प्रदशनिमा ४५० जनाले स्टल भ्रमण गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष र्फुवा दोर्जे लामा, हेटौंंडा १ वडा अध्यक्ष सविन न्यौपाने,हेटौंडा १५ वडा अध्यक्ष सुनिल मोक्तान , मुनु सिक्देल, हेटौंडा ११ वडाअध्यक्ष जुना दाहाल, संस्थाका पदाधिकारीहरु गिता तिमिल्सिना ,कृष्णकला बर्तौला,मिठु माया स्याङ्तान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यम तथा कृषि क्षेत्रमा योगदान पुर्याउने महिला उद्यमी सरिता भट्टराईलाइ सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya