हेटौंडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको एकादशी राधाकृष्ण मन्दिर संरक्षण समितिको आयोजनामा सनातन हिन्दु धर्मको संरक्षण तथा मन्दिरको स्तरोन्नतिका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही भदौ २९ गतेबाट महायज्ञको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
कमानेको कालिका टोलस्थित मन्दिर परिसरमा हुने महायज्ञका लागि विभिन्न उपसमिति निर्माण भएको छ । धर्मराज पुडासैनीको संयोजकत्वमा मूल समारोह समिति निर्माण भएको छ । २९ गते विहान कलशयात्रा पश्चात सप्ताहको उद्घाटन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद दुलालले बताए । सप्ताहबाट करिब ५० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको मूल समारोह समिति संयोजक पुडासैनीले जानकारी दिए । संकलित रकम मन्दिर स्तरोन्नतिका लागि अक्षयकोष बनाएर राखिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रख्यात वाचिका राधिका दासीले श्रीमद्भागवत वाचन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक धर्मराज पुडासैनीले बताए । यही भाद्र २९ गते देखी असोज ५ गते सम्म सञ्चालन हुने महायज्ञमा प्रत्येक दिन आरती, हवन, मण्डप पुजा, ग्रहशान्तिका साथै भागवत पाठ हुने पुडासैनीले बताए । महायज्ञ सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरी तीव्र रुपमा तयारी थालिएको प्रचारप्रसार समितिका संयोजक सुदीपराज गीरिले बताए ।
ADVERTISEMENT