शंकर ज्योतिको ४ कोठे भवन मेयर लामाद्वारा उद्घाटन

हेटौंडा, कक्षाकोठाको अभाबका कारण अध्यापनमा समस्या व्यहोर्दै आएका हेटौंडा ११ सिमलटारको शंकर ज्योती आधारभूत बिद्यालयको समस्या केहि टरेको छ ।नियमित अध्यापनमा उचित भवनको अभाबका कारण नियमित पर्दै आएको समस्या सोमबारवाट टरेको हो ।

बिद्यालयको २७ औं अभिभावक भेला तथा ४ कोठे नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेसँगै अध्यापनमा नियमित पर्दै आएको समस्या केही टरेको हो । जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ (शिक्षा) ले ७० लाख रुपियाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको नगर प्रमुख लामाले उद्घाटन गरेकी हुन् ।

भवन तथा अभिभावक भेलाको उद्घाटन गर्दै नगर प्रमुख लामाले सामुदायीक बिद्यालयमा दिर्दै आएको शिक्षामा सुधार आवश्यक रहेको बताइन् । उनले पुर्वाधारका हिसाबले सामुदायीक बिद्यालय अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको भन्दै उनले सुधार आवश्यक रहेको बताइन् । उनले बिद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावक हरुलाई आग्रह गरीन् । बिद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, बिचार र धारणाका बारे जानकार हुन आवश्यह रहेको उनको भनाई थियो ।

बिद्यालयमा गएको आफ्नो बालबालिकाको पढाईको अवस्था, साथि संगतका कुरामा ध्यान दिन सकेमात्र आफ्ना बालवालिका अव्बल हुन सक्ने भन्दै नगर प्रमुख लामाले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताइन् । उपमहानगर शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्दै शिक्षक र अभिभाबकको सकारात्मक भूमिका हुन आवश्यक रहेको बताइन् ।

कक्षा ८ सम्मको अध्यापन हुने बिद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभाबका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय बिद्यार्थि रहेको बिदालयमा अहिले पनि भवनको अभाब रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले बताए । उनले पुराना भावन जिर्ण हुँदै गएकाले बिद्यालयका लागि थप ८ कोठाको नयाँ पक्कि भवन आवश्यक रहेको बताए ।

प्रधानाध्यापक न्यौपानेले अभिभाबक भेलामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार राप्ति किनारमा रहेको बिद्यालयमा गर्मिको समयमा पानीको अभाब हुने भएकाले बिद्यालयमा समस्या हुने उल्लेख छ । हेटौंडा–११ नम्बर वडा कार्यालयले ४ कोठे ट्रस भवन निर्माणको लागि छुट्याएको ८ लाख बाट निर्माण असम्भब रहेकाले थप २० लाख रुपियाँ आवश्यक रहेको बताइएको छ । उनले गर्मिको समयमा बिद्यार्थिहरुका लागि प्रसस्त पानी चाहिने हुँदा बिद्यालयले पानीको अभाब हुन नदिनका लागि बोर्रिङ गर्न आवश्यक रहेको बताए । अभिभावक भेलामा प्रधानाध्यापक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा बिद्यालयले आर्थिक बर्ष २०७७/०७८मा १ करोड ११ लाख ३७ हजार बराबरको आयव्यव गरेको उल्लेख छ ।

अभिभाक भेलामा बिद्यालयको पुर्व शिक्षक रामबहादुर थापालाई बिदाई गरेको छ भने उत्कृष्ठ शिक्षकको रुपमा कबिता गौतम,विन्दुसिं ठकुरी र शुसिला न्यौपानेलाई सम्मान गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा बिद्यालय भवन उद्घाटनमा हेटौंडा–११का वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, बिकास नेपाल, गिता सुनार, उपमहानगरका शिक्षा बिकास अधिकृत रमेश बिडारी, टोल बिकास सस्या वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कमलचन्द्र सुमन लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button