पार्टी बलियाे बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छ: एमाले नेता ज्ञवाली

हेटाैँँडा/पार्टीलाई बलियाे बनाउनकाे लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्छ नेकपा एमाले केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले बताउनु भयाे । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकमा सम्बाेधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नुहुनेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियाे बनाउनु पर्ने भन्दै पार्टी कामकाे जिम्मेवारी सहमति र समजदारीका साथ लिनकाे लागि बैठकमा निर्देशन गर्नुभयाे ।

जनविराेधी शक्तिहरूकाे घेराबन्दीकाे बीचमा राष्ट्र र जनताकाे पक्षकाे दृढतापूर्वक उभिएकाे एउटा मात्र पार्टी एमाले भएकाेले एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेकाे र पहिलाे पार्टी बनाउने सारथि बन्न पर्नेमा उहाँले जाेड दिनुभयाे । आगामी असाेज ८ र ९ गते काठमाण्डाैँमा हुने प्रथम् बाग्मती प्रदेश अधिवेशनकाे लागि जिल्लामा रहेकाे ११ हजार ६ सय ८४  पार्टी सदस्य बाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाकाे व्यवस्था भएकाे र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयाे । पालिकाकाे १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रकाे प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनाैट केन्द्र रहने छ । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनाैट हुनेसमेत सचिव सिग्देलले बताउनु भयाे ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्याैपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्याैपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीकासदस्यहरूकाे विशेष उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button