१३५ एम्पुल लागूऔषधसहित एकजना नियन्त्रणमा

हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३५ एम्पुल लागूऔषधसहित हेटौंडा ८ का सुरज थिङलाई नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

हेटौडा –१० बैकरोड स्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका हेटौंडा– ८ कमाने बस्ने बर्ष ३० को थिङलाई शंका लागि निजको शरीर तथा निजले भिरेको कालो ब्याग खानतलासी गर्दा लागु औषध डाईजेपाम ४५ एम्पुल, फेनार्गन ४५ एम्पुल र नुफिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *