हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल गठन भएको छ ।
नवोदय विद्यालयका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख प्रेमी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरी दहालको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले विश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर/युवा रेडक्रसको आवश्यकता र महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । भेलाले विशेषता नगरकोटीको अध्यक्षतामा १३ सदस्यीय नवोदय शिशु सदन युवा रेडक्रस सर्कल कमिटी गठन भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किसन घिसिन, विद्यालयका शिक्षक उपेन्द्र राना मगर, सरोज पुडासैनी लगायतको आतिथ्यता रहेको थियो ।






