नारायणी कलेजको भवनमा आगलागी

हेटौँडा । हेटौँडा – १० मा रहेको तुलसीमेहर आवासीय मावि तथा नारायणी कलेजको भवनमा आगलागी भएको छ । मंगलबार साँझ ५ बजेतिर विद्युत सर्ट भएर अचानक आगलागी भएको विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताए ।

हेटौँडा उपमहानगरपालिकाको वारुणयन्त्रले विद्यालय भवनमा लागेको आगो नियन्त्रणमा लिएको थियो । विद्यालयको नियमित पढाई सकिएपछि घटना भएकाले मानवीय क्षति भने नभएको खरालले जानकारी दिए । आगलागीमा भवनको पाँचौँ तलामा रहेको सेमिनार हल पूर्णरुपमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button