सहीद स्मृति मकवानपुर गोल्डकप उद्घाटनमा पारा एफसी विरुद्ध राइट लेन भिड्ने

हेटौंडा, छैठौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिता माघ १६ गतेबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा ६ गौरिटार स्थित निर्माणाधिन रंगशालालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यू डाफे युथ क्लवको व्यवस्थापनमा प्रतियोगिता हुँदैछ ।

ADVERTISEMENT

मकवानपुर जिल्ला फुटबल संघले सोमबार जारी गरेको खेल तालिका अनुसार मंगलबार हुने उद्घाटन खेलमा पारा एफसी भुटान विरुद्ध राइट लेन बागमती भिड्ने भएका छन् ।मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । माघ १७ गते न्यू रोड टिम काठमाडौं विरुद्ध हिमालयन शेर्पा क्लवबिच खेल हुने छ । पोखराको आहा रारा गोल्डकप चलिरहेकोले आयोजकले पूरा खेल तालिका सार्वजनिक गर्न सकेको छैन । आहा रारा गोल्डकपको नतिजालाई हेरेर टाइसिट मिलाइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । प्रदेश सरकारको रंगशालालाई प्रवद्र्धन गर्न र निर्माणाधीन रंगशालाको अवस्थाको बारेमा आम सर्वसाधाधरणलाई जानकारी गराउन यस वर्ष रंगशालामा प्रतियोगिता आयोजना गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *