बागमती सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने

हेटौंडा, बागमती प्रदेश सरकारले विविध कार्यक्रम गरेर तीनदिनसम्म संविधान दिवस मनाउने भएको छ । प्रदेश सरकारको गत भदौ २५ गते बसेको मन्त्रिपरिषदल बैठकले ३ दिनसम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले संविधान जारी भएको दिन असोज ३ गतेको अवसरमा मनाइने संविधान दिवसमा सरसफाई, भण्डोत्तोलन, स्वस्थ्य शिविर तथा वृक्षरोपण लगायतका कार्यक्रम गरिने बताएको हो । संविधान दिवस मनाउनका लागि सरकारले मुख्यमन्त्री शालिकराम जम्कट्टेललको नेतृत्वमा ४७ सदस्यीय मुल समारोह समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, कार्यालय र सरोकारवाला पक्षहरु रहेका छन् ।

असोज २, ३ र ४ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारयण श्रेष्ठले जानकारी दिए । उनका अनुसार असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय, कार्यालय र सार्वजनिक स्थानको सरसफाई गर्ने, तीनै दिन मन्त्रालय, कार्यालय र सार्वजनिक तथा शैक्षिक निकायहरुमा दिपावली गर्ने, असो ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विशेष कार्यक्रम गर्ने, मन्त्रालय तथा कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, सबै कार्यालयका वेबसाइडमा ‘संविधान दिवस २०८०’ लेखिएको ब्यानर राखिने छ ।

त्यस्तै असोज २ गते स्वास्थ्य मन्त्रालय मार्फत् प्रदेशका १३ जिल्लामा मधुमेह तथाख रक्तचापको निः शुल्क परिक्षण गर्ने, हेटौंडामा रक्तदान कार्यत्रम आयोजना गर्ने, वन तथा वातावरण मन्त्रालय मार्फत् १३ जिल्लामा वृक्षारोपण गर्ने उनले बताए । असोज ३ गते हेटौंडाको बुद्ध चोक, सिमा चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रांगणसम्म झाकींसहित प्रभातफेरी गरी प्रदेश प्रमुखको आतिथ्यतामा विशेष कार्यक्रम गर्ने, सामाजिक विकास मन्त्रालय मार्फत् खेलकुदका कार्यक्रम, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय मार्फत् हस्तकला प्रदर्शन, संचार रजिष्ट्रार कार्यालयबाट लेखन लगायतका कार्यक्रम आयोजना गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button