माघ १२ गते हेटौंडामा शैक्षिक प्रदर्शनी हुने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा यही माघ १२ गते हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालय मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिएको थियो । हेटौडा ४ का वडा अध्यक्ष नविन सिग्देलले वडा भरीका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयहरुको सहभागीतामा शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रमले वडाभित्रका विद्यालयहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने उदेश्य राखेको शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताए ।

कार्यक्रममा प्रत्येक विद्यालयहरुबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको स्टल राखिने, विभिन्न जातजाती र भेषभुषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन प्रस्तुति गरिने जस्ता कार्यक्रमहरु समावेश गरिने अध्यक्ष दाहालले जानकारी दिए । कार्यक्रममा प्रत्येक विद्यालयहरुबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको स्टल राखिने छ । यस्तै मौलिक नेपाली गित तथा विभिन्न जातजाती नाँच र भेषभुषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन प्रस्तुति गरिने दाहलले जानकारी दिए ।

वडाभरीका सबै विद्यालयका कक्षा ६ देखि माथिका विद्यार्थीहरुले गरेका प्रतिभा प्रदर्शनीको विद्यार्थी, शिक्षक तथा अभिभावकलगायत गरी करिब १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीलाई करिब १० हजार जना विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा ५ लाख रुपैँया खर्च हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा–४ का वडासदस्य जिएन श्रेष्ठ, सचिव पुष्पराज पौडेल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, श्रमिक माविका व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल लगाएतको उपस्थिति रहेको थियो । गतबर्ष पनि सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले ४ नम्बर वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *