शिवप्रसादको नेतृत्वमा शिक्षकहित

हेटौंडा, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद लामिछाने चनय भएका छन् । शनिबार भएको संस्थाको १४ औँ साधारणसभाबाट शिवप्रसादको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो ।

ADVERTISEMENT

संस्थाको उपाध्यक्षमा मोहनप्रसाद शर्मा, सचिवमा कृष्णप्रसाद पोखरेल, सहसचिवमा सुवास खनाल, कोषाध्यक्षमा गुरुप्रसाद ओझा, सहकोषाध्यक्षमा अमृता भट्ट चयन भएका छन् । यसैगरी सदस्यमा कृष्णप्रसाद पोखरेल, लक्ष्मी अधिकारी, भरत पोखरेल, विष्णु धिताल, शालिकराम घिमिरे, सृजना कुमारी शर्मा र हिमलाल शर्मा चयन भएका छन् । यसैगरी लेखा समिति संयोजकमा रामजीप्रसाद हुँमागाईँ र सदस्यमा शत्रुधन दुलाल र लक्ष्मीकुमारी रिमाल रहेका छन् ।

संस्थाका अध्यक्ष सीताराम दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति महासचिव हंसबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एसइई तथा कक्षा १२ को राष्ट्रिय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सम्मान्, उत्कृष्ट बचत, असल कारोबारी, जेष्ठ शेयर सदस्य र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *