मातृभूमि राष्ट्रिय सम्मानबाट प्राज्ञ डा. जगमान गुरुङ सम्मानित

हेटौंडा, वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट शनिवार हेटौँडामा सम्मानित भएका छन् । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले संस्थाको २५औं स्थापना दिवसको अवसर पारेर शनिवार गुरुङलाई सम्मानित गरेको हो ।

ADVERTISEMENT

उनलाई नगद २५ हजार एक राशिसहित उक्त सम्मान प्रदान गरिएको छ । संस्थाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राज्ञ गुरुङलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिए । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ । यस्तै मतृभूमि समाजले नगद ११ हजार १११ राशिको ‘मातृभूमि लघुकथा रत्न सम्मान–२०७९’ बाट ‘लघुकथालय’का सर्जक वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेलाई सम्मान गरेको छ ।

लामो समयदेखि लघुकथाको क्षेत्रमा कलम चलाउँदै आएका डा.चालिसेका नेपाली भाषामा विभिन्न लघुकथा संग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् । सोही कार्यक्रमको अवसर पारेर मकवानपुरकी महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’को विमोचन पनि बिमोचन गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राज्ञ गुरुङ र डा. चालिसेलाई सम्मान गरेकी हुन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *